तनहुँ, असार १७ — मिति २०८३ असार १६ गते राति परेको अविरल वर्षाका कारण तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–२, तार्के निवासी ७५ वर्षीय बेलबहादुर के.सी.को एकतले, एक कोठे कच्ची घरमा क्षति पुगेको छ।

घरको पश्चिम तथा दक्षिणतर्फको भाग भत्किएको भन्ने जानकारी आज (असार १७ गते) बिहान १०:०० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दिपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। हाल घरमा मात्र भौतिक क्षति भएको र थप विवरण संकलन भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।