तनहुँ, असार १३ । बिहानीको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा शुक्रबार बिहान ४:०० बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

कार्यक्रमअन्तर्गत चालकहरूलाई सडकको अवस्था, लेन अनुशासन, सुरक्षित गति, ट्राफिक नियमको पालना तथा सावधानी अपनाउनुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको थियो।

सचेतना कार्यक्रममा कुल १४१ जना सवारी चालक सहभागी भएका थिए। जसमा:
- 🏍️ दुई पाङ्ग्रे सवारी साधन : २१ वटा
- 🚗 चार पाङ्ग्रे साना सवारी साधन : ७५ वटा
- 🚛 ठूला सवारी साधन : ४५ वटा
प्रहरीले विशेषगरी बिहानको समयमा निद्रा, थकान, तीव्र गति तथा लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकहरूलाई सतर्क रहन आग्रह गरेको छ। साथै, यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।


