तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा स्थित पृथ्वीराजमार्गमा शुक्रबार राति करिब १० बजे माथिबाट हिलो, माटो र ढुङ्गा खसेपछि दुवैतर्फी सडक अवरुद्ध भएको छ।

सडकभन्दा करिब ३० मिटर माथिबाट खसेको पहिरोका कारण यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ। अवरोध हटाउन इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

सडक डिभिजन कार्यालय आँबुखैरेनीसँग समन्वय गरी पहिरो पन्छाउन जेसीबीसमेत घटनास्थलतर्फ पठाइएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।