तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव २०८३ सम्पन्न भएको छ। महोत्सवमा गाउँपालिकाभित्रका विद्यालयहरूले शिक्षण–सिकाइ प्रक्रियामा प्रयोग हुने विभिन्न शैक्षिक सामग्री, परियोजना, नवप्रवर्तनात्मक अभ्यास तथा विद्यार्थीका सिर्जनात्मक कृतिहरू प्रदर्शन गरेका छन्।

यस्ता प्रदर्शनीले विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धानात्मक सोच र व्यवहारिक सिकाइको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै विद्यालयबीच अनुभव आदान–प्रदान र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा समेत महोत्सव उपयोगी बन्ने विश्वास गरिएको छ।


