दमौली, असार ३
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ निवासी अरुण न्यौपानेको दुःखद निधन भएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका न्यौपानेको काठमाडौँस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गत शुक्रबार पोखराबाट आफ्नो घर दमौलीतर्फ फर्कने क्रममा उहाँ सवार स्कुटर शुक्लागण्डकी नगरपालिकाको सेरामा दुर्घटनामा परेको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते हुनुभएका न्यौपानेलाई तत्कालै उद्धार गरी पोखरा लागिएको थियो । पोखरामा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । काठमाडौँमा आइसियुमा राखेर उपचार भइरहेकै अवस्थामा उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।