काठमाडौं । फिल्म ‘जदौ’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भैसकेका छन् ।
अभिनेता न्यौपानेले यो फिल्ममा आफू रमाइलो पात्रको रुपमा जोडिएको बताए । जस्तोसुकै भूमिकामा पनि आफूलाई अब्बलताको साथमा प्रस्तुत गर्न सक्ने क्षमताका विनोद पछिल्लो समय रुचाइएका कलाकार हुन् ।
काजी लिम्बुको लेखन रहेको फिल्मलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछन् । सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
निर्माण कम्पनी सिल्भर स्क्रीनकी प्रवन्ध निर्देशक विमला भण्डारीले निर्देशक र बाँकी प्रमुख कलाकार, प्राविधिकबारे केही दिनमा खुलस्त पारिने जानकारी दिए ।
दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।