दुलेगौंडा, ३० जेठ
कपडा, फेन्सी तथा कस्मेटिक व्यवसायी समिति शुक्लागण्डकी–४ दुलेगौंडाको प्रथम भेला सम्पन्न भएको छ। भेलाले रघुनाथ पौडेलको अध्यक्षतामा तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो।
समितिको उपाध्यक्षमा विन्दा राम्जाली, सचिवमा नारायण प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा राजेन्द्र खनाल चयन भएका छन्। सदस्यहरूमा कृत्रिमा प्रधान, मिना गुरुङ, राजेन्द्र श्रेष्ठ, राजु सिग्देल, सुन्दर श्याम श्रेष्ठ, सुमन महत, जीवन श्रेष्ठ र सानु मिया रहेका छन्।

भेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य विमल प्रसाद रिमालले नगरभित्रका बस्तुगत व्यवसायीहरू एकजुट हुँदै गएकोमा खुसी व्यक्त गर्दै यसले समग्र नगर उद्योग वाणिज्य संघलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले व्यवसायीबीचको एकताले स्थानीय व्यापार तथा आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने बताए।
कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले वर्तमान आर्थिक मन्दीका बेला व्यवसायीहरू एक भएर व्यवसायलाई दिगो र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए।
भेला संयोजन समितिका संयोजक रघुनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वशन्त ज्वारचन, वडा नं. ४ का सदस्य मदन श्रेष्ठ, वडा व्यवस्थापन समिति वडा नं. ४ का सभापति बालकृष्ण विक, व्यवसायी ऋषि बहादुर बस्नेत, हरिलाल रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैबीच, समितिले गएको शनिबारदेखि दुलेगौंडा क्षेत्रका कपडा, फेन्सी तथा कस्मेटिक पसलहरू बन्द गर्दै आएको जनाएको छ।


