तनहुँ, असार २६ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वीराजमार्ग सडकखण्डमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार तीन जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा भारतको बिहार राज्य, मधुबनी निवासी ३७ वर्षीया आशा देवी र ४० वर्षीया मनिका देवी रहेका छन्। दुवैको अवस्था मध्यम रहेको बताइएको छ। यस्तै कार चालक भारतको बिहार राज्य, भगलपुर निवासी २८ वर्षीय सोनु सामान्य घाइते भएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।