तनहुँ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्रको अध्यक्षताप्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिक्देलले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहनुभएकोथियो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले स्वर्गीय एकदेव आलेले समाज परिवर्तन, राजनीतिक चेतना र जनअधिकारकोपक्षमा पुर्याउनुभएको योगदान प्रेरणादायी रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरण, सुशासन र विकासका लागि सबै पक्षएकजुट हुनुपर्नेमा जोड दिँदै प्रतिष्ठानले समाजमा सकारात्मक चिन्तन र जागरण फैलाउने कार्य गरिरहेको उल्लेख गर्नुभयो। साथै, युवापुस्तालाई सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, तनहुँ जिल्ला समन्वय समितिका प्रमुखशान्तिरमण वाग्ले, नेकपाका केन्द्रीय सदस्य राजेन्द्रकेसरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा(एमाले) तनहुँका अध्यक्ष हरिराज कडेल तथा प्रतिष्ठान बुटवल शाखाका अध्यक्षलगायत वक्ताहरूले स्वर्गीय एकदेव आलेको व्यक्तित्व, योगदान र विचारबारे चर्चा गर्नुभएको थियो।
अधिवेशनबाट मनमाया श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षद्वयमा सिर्जना सिक्देल र माधव प्रसाद अधिकारी, महासचिवमा नेत्रनारायण रानाभाट, सचिवहरूमा मदन तिमल्सेना, पुष्पलाल श्रेष्ठ र शिव सदाशंकर र कोषाध्यक्षमा डम्बर वि क निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा ऋषिराम भुषाल, ताराराम श्रेष्ठ, रामचन्द्र अधिकारी, सीता कैनी, शिवदत्त पण्डित, दीपक खाती, कल्पना घिमिरे, कला पुन, अमृत थापा, रेवतराज राउल, मनिमा राई, भरत केसी, लक्ष्मण अधिकारी, तुलबहादुर सुनार र गोपाल सुर्खाली निर्वाचित हुनुभएको छ।
लेखा संयोजकमा सूर्यभक्त पौडेल, लेखा सदस्यहरूमा निर्मल पण्डित र तुलसी पाण्डे सर्वसम्मत चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रतिष्ठानका पूर्व अध्यक्ष एवं निर्वाचन मण्डलका अध्यक्ष श्रीराम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।



