राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको ब्यास नगर अधिवेशन जेठ १५ गते हुने भएको अधिवेशन नजिकिँदै जाँदा ब्यास नगर सभापति पदका लागि वर्तमान सभापति चुडामणि दाहाल उपसभापति सुशिल पौडेलबीच प्रतिस्पर्धाको चर्चा सुरु भएको

रास्वपा ब्यास नगरका उपसभापति रहेका पौडेलले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेपछि चुनावी माहोल थप रोचक बनेको बताइएको रास्वपाका तनहुँका एक नेताले हलचल खबरसँग कुरा गर्दै पौडेलको उम्मेदवारीले चुडामणि दाहाललाई पुनः सभापति बन्न सहज नहुने दाबी गर्नुभयो

उहाँका अनुसार यस पटक दाहालले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्दा उपयुक्त हुने चुनाव भएको खण्डमा सुशिल पौडेल सभापतिमा निर्वाचित हुने सम्भावना बलियो रहेको बताए

हाल ब्यास नगर सभापतिको जिम्मेवारीमा रहेका चुडामणि दाहालले भने पुनः सभापतिमा निरन्तरता दिने इच्छा व्यक्त गर्नुभएको यता पार्टीभित्रका केही कार्यकर्ताले युवा नेतृत्व सक्रिय भूमिकाका कारण अहिलेको अवस्थामा सुशिल पौडेल नै सभापतिका लागि उपयुक्त उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।