काठमाडौँ राजधानीको चोभारमा प्रहरी हत्या आरोपितबीच भएको नियन्त्रण प्रयासका क्रममा गोली चलेको छ। उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले चलाएको गोली लागेर सुजन शाही घाइते भएका छन्।

कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार शाही केही दिनअघि कीर्तिपुर मा भएको हत्या घटनाका मुख्य आरोपितमध्ये एकहुन्। उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

गत केही दिनअघि कीर्तिपुर नगरपालिका१० पोडेटोलमा खुकुरी प्रहारबाट विपिन घिमिरे को हत्या भएको थियो। गुल्मीको धुर्कोट गाउँपालिका घर भएका घिमिरेको उपचारका क्रममा देवढोका स्थित अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीका अनुसार उक्त घटनामा तीन जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार आरोपितहरूको खोजी गर्ने क्रममाआज चोभारमा पक्राउ अभियान चलाइएको त्यसक्रममा गोली चलाइएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।