दमौली, १७ वैशाख सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको एक भिडियोका आधारमा तनहुँमा जातीय भेदभाव तथाछुवाछुतसम्बन्धी कसुरमा उजुरी परेको छ।

म्याग्दे गाउँपालिका का मिनबहादुर चन्दारो, व्यास नगरपालिका१३ का विष्णु बुडा परियार व्यास का विनु विश्वकर्माले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बिहीबार निवेदन दर्ता गराएका हुन्।

निवेदन अनुसारदिपिकाब्रदर्श हटकमटिकटक एकाउन्टमार्फत सार्वजनिक गरिएको भिडियोमा ब्रदर्श हटकमका सञ्चालक अशोकप्रसाद डल्लाले ग्राहकसँग जातीय भेदभाव झल्किने व्यवहार गरेको आरोप लगाइएको छ।

निवेदनमा जनाइए अनुसार चटपटको स्वादप्रति असन्तुष्टि व्यक्त गरेपछि ती ग्राहकप्रति अपमानजनक व्यवहार गरिएको दमै, कामी, सार्कीजस्ता शब्द प्रयोग गरिएको दाबी गरिएको छ। साथै, सामाजिक सद्भाव खल्बल्याउने खालका अभिव्यक्ति दिएको भन्दैनिवेदकहरूले गम्भीर आपत्ति जनाएका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।