तनहुँको घिरिङ, भिमाद र रिसिङका ९३ जना श्रमदाताले कुटो, कोदालो, हसिया र बोरा बोकेर श्रृङ्गपथ मर्मत तथा सरसफाइ कार्यक्रममा सहभागी हुँदै उदाहरणीय एकता प्रस्तुत गरेका छन्। बिग्रिएको बाटो मर्मत गर्नुका साथै बाटो छेक्ने झाडी सफा गरेर आवतजावत सहज बनाइएको छ।

“सरकारले गरिदिन्छ भनेर पर्खँदा बाटोघाटो झन् बिग्रँदै जान्छ, आफ्नो ठाउँ आफैं बनाउन श्रमदान आवश्यक छ,” भन्दै सुमन कुमार श्रेष्ठले स्थानीय पहल नै विकासको आधार भएको बताउनुभयो।

स्थानीयको श्रमदानले फेरि प्रमाणित गरेको छ—जहाँ जनताको जागरुकता हुन्छ, त्यहाँ विकासका बाटा आफैं खुल्छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।