जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष “स्विप अपरेशन” अन्तर्गत २७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
२०८३ बैशाख १० गते बिहानदेखि ११ गते बिहानसम्म सञ्चालन गरिएको अपरेशनका क्रममा लागूऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक जनाविरुद्ध कानुन बमोजिम थप अनुसन्धान अघि बढाइएको छ भने एक जनालाई परिवारको समन्वयमा सुधार गृह पठाइएको छ। अन्य व्यक्तिहरूको स्क्रिनिङ गरी रेकर्ड राख्नुका साथै आपराधिक पृष्ठभूमि जाँच गरेर आवश्यक परामर्श दिई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा छाडिएको बताइएको छ।
लागूऔषध दुव्र्यसन नियन्त्रण र सामाजिक सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।



