तनहुँ — प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्दति (BHS STP) सम्बन्धी तालिम सम्पन्न भएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र प्रभावकारी उपचार प्रणालीबारे केन्द्रित तालिममा विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले गर्नुभएको थियो। तालिममा डा रामहरी दाहाल, डा नारायण श्रेष्ठ, डा शुसान्त थापाडा सुजन अधिकारी ले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका सुदीप कडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले राख्नुभएको थियो।

तालिमले आधारभूत स्वास्थ्य सेवामा स्तरीय उपचार पद्धति कार्यान्वयन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा सेवाप्रवाह थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।