तनहुँ, चैत २३— नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति तनहुँको तेस्रो जिल्ला अधिवेशन आज दमौलीस्थित प्रदेशिक आयुर्वेद अस्पतालको सभाहलमा सम्पन्न भएको छ।
संघका जिल्ला अध्यक्ष तारा प्रकाश थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा आयुर्वेद निरीक्षक भोजहरी रानाभाट र सोमकान्त पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।

कार्यक्रममा संघका सदस्य मीनबहादुर लामिछाने स्वागत मन्तव्य गण्डकी प्रदेश सदस्य भानु चापागाईंले मन्तव्य व्यक्त गर्नुभएको थियो।प्रमुख अतिथि डा. श्रेष्ठले आयुर्वेदको महत्वबारे प्रकाश पार्दै नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ, जसअनुसार:
अध्यक्ष: भानु चापागाईं
उपाध्यक्ष: शिव आचार्य
सचिव: दीपक भट्टराई
कोषाध्यक्ष: किशोर पन्त
सह–सचिव: जीवनकुमार बिक
सदस्य: मीनबहादुर लामिछाने
अन्य सदस्यहरू पछि मनोनयन गरिने जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि डा. नारायण श्रेष्ठलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, संघका उपाध्यक्ष शिव आचार्यलाई पनि सम्मान गरिएको थियो। उहाँले संस्थालाई ५ हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको जानकारी दिइएको छ।



