गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा गाडी दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ७:५५ बजे मनकामनाबाट दर्शन गरेर आबुखैरेनीतर्फ आउँदै गरेको गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बलका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



