तनहुँको बन्दिपुर गाउँपालिका–४ निवासी मृगौला पीडित सुक बहादुर गुरुङले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिलगर्नुभएको छ।
विगत २ वर्षदेखि दुबै मृगौलामा समस्या देखिएपछि गुरुङ हाल चितवनको भरतपुरस्थित सिएमसी अस्पतालमा नियमित डायलसिस गराउँदै आउनुभएको छ। उहाँलाई हप्तामा दुई पटक डायलसिस गर्नुपर्ने भएकाले निजी अस्पतालमै उपचार गराउँदै आउनुभएको छ।सरकारी अस्पतालमा डायलसिस गराउने धेरै प्रयास गर्दा पनि सम्भव नभएको उहाँको गुनासो छ।
निजी अस्पतालमा लामो समयसम्म उपचार गराउँदा आवश्यक खर्च जुटाउन कठिन भएको र अहिले उपचारका लागि आर्थिक अभावभएको भन्दै गुरुङले सबै दयालु मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूले तलको खातामा सहयोग गर्न सक्नुहुनेछः
नाम: सुक बहादुर गुरुङ
बैंक: मुक्तिनाथ विकास बैंक
खाता नम्बर: 01020100059356000001
मानवीय सेवामा सानो सहयोगले पनि एक जनाको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ। 🙏



