तनहुँको सदरमुकाम दमौलीमा पनि ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमासम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
संयुक्त राष्ट्रसंघले तय गरेको नारा “Give to Gain – सबै महिलाहरूका लागि अधिकार, न्याय र प्रभावकारी कार्यान्वयन सुनिश्चितगरौँ” लाई सार्थक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तनहुँ जिल्ला बार इकाइकी अध्यक्ष अधिवक्ता सरिता भण्डारीले बताइन्।

उनका अनुसार सामाजिक क्षेत्रमा सक्रिय भगवती श्रेष्ठ, आफ्नो अधिकारका लागि निरन्तर कानुनी लडाइँ लडिरहेकी पार्वती श्रेष्ठ तथाअटो चालक बुद्धिमाया मौरतीलाई कार्यक्रममा सम्मान गरिएको थियो। समाजमा श्रेष्ठद्वय र मौरती जस्ता थुप्रै प्रेरणादायी महिला भएपनि प्रतिनिधिमूलक रूपमा तीन जनालाई सम्मान गरिएको भण्डारीले जानकारी दिइन्।
कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँ, तनहुँ जिल्ला अदालत बार इकाइ, लायन्स क्लब अफ तनहुँ, सेतो गुराँस बालविकास सेवा तनहुँ र सार्थक मिलन नेपाल तनहुँको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सेतो गुराँस बाल विकाससेवा तनहुँकी अध्यक्ष सुशीला शर्मा, सार्थक मिलन नेपाल तनहुँका अध्यक्ष मिलन भुजेल, आदिवासी जनजाति महासंघ तनहुँका पूर्वअध्यक्ष बसुन्धरा घर्ती, जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख दीपा खत्री, लायन्स क्लब तनहुँ सत्यवतीकी अध्यक्ष सीता वैद्य तथा महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँका सचिव एवं सञ्चारकर्मी अन्जनातिमल्सेना लगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले महिला सशक्तीकरण भनेको केवल अधिकार दिनु मात्र नभई शिक्षा, रोजगारी, नेतृत्व र निर्णय प्रक्रियामा समान अवसरप्रदान गर्नु पनि हो भन्नेमा जोड दिए।
उनीहरूले “जब महिला सशक्त हुन्छिन्, परिवार सशक्त हुन्छ, समाज सशक्त हुन्छ र देश सशक्त हुन्छ” भन्दै महिलामाथि हुने हिंसा, भेदभाव र अन्याय अन्त्य गर्न सबैले दृढ प्रतिबद्धता जनाउनुपर्ने बताए।
समानता, सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षले हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको वक्ताहरूले औँल्याएकाथिए।



