भानु नगरपालिका-३ खहरे चाम्बास नजिकै आइतबार बिहान माइक्रो बस र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।