तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य मनराज गुरुङसहितको टोली नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा समाहित भएको छ।

नगर कमिटीका पूर्व अध्यक्ष समेत रहेका गुरुङसँगै तत्कालीन नगर सचिव सरोज पौडेल, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ काअध्यक्ष खिमलाल पोख्रेल, वडा नं. १२ का अध्यक्ष टुकबहादुर गुरुङसहित करिब दुई दर्जन नेता एमालेमा प्रवेश गरेका हुन्।

बिहीबार दुलेगौंडामा आयोजित एक कार्यक्रमबीच एमालेका सचिव खगराज अधिकारी तथा केन्द्रीय सदस्य एवं तनहुँ–२ काप्रतिनिधिसभा सदस्य उम्मेदवार केदार सिग्देल ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।



