फागुन , बन्दिपुर गाउँपालिका

बुढेसकालले चाउरी परिसकेको अनुहार, पातलो शरीर, उमेरले ७१ वर्ष पार गरिसकेकी मंगली भुजेलसँग राम्रो लुगा , खुट्टामाचप्पल। यो वृद्ध अवस्थामा उहाँलाई धनदौलतको रहर , ठूलो महलमा बस्ने चाहना। उहाँको एउटै धोको थियो मर्ने बेलासम्मनेपाली हुँभनेर गर्वका साथ भन्न पाउनु। अन्ततः त्यो सपना पूरा भएको छ।

आफ्नो घरमा नयाँ मान्छे पुग्ने बित्तिकैसायद नागरिकता पाइन्छ कि?” भन्ने आशामा बसिरहने मंगलीको प्रतीक्षा अन्त्य भएको छ।सुरेन्द्र बहादुर थापा संरक्षक बसेर, वडा अध्यक्ष दानबहादुर थापासहित साक्षीहरूका उपस्थितिमा नागरिकता बनेपछि उहाँको खुसीकोसीमा रहेन।

आफन्त कोही नभएकी बेसहारा मंगलीले नागरिकता नहुँदा वर्षौंदेखि दुःख पाएकी थिइन्।नागरिकता नबन्दा धेरै दुःख पाएँ,” भन्दै घरपुग्ने जोकोहीसँग उहाँले बिन्ती बिसाउने गर्नुहुन्थ्यो। सिडियो कार्यालयका कर्मचारीहरू गाउँपालिकाको पहलमा अन्ततः उहाँले नेपाली नागरिकताको प्रमाणपत्र हात पार्नुभयो।

वि.सं. २०११ सालमा बुवा सुकबर भुजेल आमा पाकुली भुजेलको कोखबाट जन्मनुभएकी मंगली हाल बन्दिपुर लोहीपाखा माबसोबास गर्दै आउनुभएको छ। अब उहाँका लागि सबैभन्दा ठूलो सम्पत्ति नै यही नागरिकता बनेको पहिचानको कागज, आत्मसम्मानको आधार।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।