रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गतसत्यवती माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत १३५ जना बालिकाहरूका लागि तेस्रो सामूहिक मेन्टोरिङ सत्र सम्पन्न गरिएकोछ।

महिला स्वामित्वको व्यवसाय तथा महिला केन्द्रित संगठनविषयमा आयोजित उक्त सत्र ब्यास स्थित सुशीला राईद्वारा सञ्चालितजेनेसिस किन्डर वर्ल्ड मन्टेसोरीमा स्थलगत भ्रमणमार्फत सम्पन्न भएको हो। भ्रमणका क्रममा सञ्चालक सुशीला राईले महिलाले पनिनेतृत्वदायी भूमिका निर्वाह गर्दै विभिन्न व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न सक्ने बताउँदै सफलताका लागि विदेश मात्र विकल्प नभईस्थानीय स्तरमै साहस, लगानी आत्मविश्वासका साथ अघि बढ्न सकिने धारणा व्यक्त गरिन्। उनले आत्मनिर्भर, साहसी प्रेरणादायीबन्न बालिकाहरूलाई उत्प्रेरित गरिन्।

कक्षा ११ की छात्रा सूरुची गुइदेलले भ्रमणपछि आफ्नो लक्ष्यअनुसार जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि पछि नहटी निरन्तर अघिबढ्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै सानैदेखि लक्ष्य पछ्याउँदै सरल, निडर सफल महिला उद्यमीको रूपमा स्थापित हुनुभएकोमासुशीला राईप्रति धन्यवाद ज्ञापन गरिन्।

त्यसैगरी, लसना प्रधानले सञ्चालक राईको बाल्यकालदेखि हालसम्मको संघर्ष सफलताको यात्रा प्रेरणादायी रहेको उल्लेख गर्दै आफूपनि आफ्ना उद्देश्यतर्फ दृढतापूर्वक अघि बढ्ने अठोट व्यक्त गरिन्। सन्ध्या थापाले यस्ता व्यवहारिक भ्रमणहरूले सिकाइलाई थपप्रभावकारी बनाएको बताउँदै कार्यक्रम आयोजना गरेकोमा रूम टु रिड सूर्योदय क्लबप्रति आभार व्यक्त गरिन्।

भ्रमणमा रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे सूर्योदय क्लबका कार्यक्रम अधिकृत कलावती बिमलीको उपस्थिति रहेकोथियो। सत्रको सहजीकरण सामाजिक परिचालक सिर्जना राउत शुष्मा नागिलाले गरेका थिए।

कार्यक्रममार्फत बालिकाहरूले महिला स्वामित्वमा सञ्चालित संस्था प्रत्यक्ष अवलोकन गर्दै मन्टेसोरी सञ्चालन प्रक्रिया सफलताकोयात्राबारे व्यवहारिक अनुभव हासिल गरेका छन्। सूर्योदय क्लबको बालिका शिक्षा कार्यक्रमले यस्ता सत्रहरू नियमित रूपमा सञ्चालनगर्दै बालिकाहरूलाई जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान प्रभावकारी मेन्टोरिङ प्रदान गर्दै आइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।