नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आठौँ राष्ट्रिय महाधिवेशनबाट नारायण कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ। महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा बुद्धी प्रसाद अधिकारी, उपाध्यक्षहरूमा भैरव रावल, मोहनप्रसाद सापकोटा र कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ। महासचिवमा अर्जुन कुमार आचार्य, उप–महासचिवमा सूर्यमोहन आचार्य तथा कोषाध्यक्षमा किशोरकुमार आचार्य निर्वाचित हुनुभएको छ।
यसैगरी सचिवमा रामचन्द्र अधिकारी, सह–कोषाध्यक्षमा प्रमेश आचार्य, रेश्मी न्यौपाने र रामु अधिकारी चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा रमेश भण्डारी चयन हुनुभएको छ।
महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै व्यवसायको हित, संगठन सुदृढीकरण र व्यवसायीको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



