तनहुँ, माघ ११

आसन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर की उम्मेदवार भगवती न्यौपानेलाई विजयी गराउने उद्देश्यसहित नेकपा एमाले व्यासनगर कमिटीले ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

आइतबार बसेको नेकपा एमाले व्यास नगर कमिटीको बैठकले नगर कमिटीका अध्यक्ष तुलसीराम पाण्डेको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो। सोही अवसरमा व्यास नगरपालिकास्तरीय निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरिएको छ।

बैठकले नगरका १४ वटै वडामा निर्वाचन परिचालन कार्यालय स्थापना गरी अधिकतम मतदातासम्म पुग्ने निर्णय गरेको नगर कमिटीका अध्यक्ष पाण्डेले जानकारी दिए।

कमिटी गठन बैठकमा एमाले केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर की उम्मेदवार भगवती न्यौपानेले निर्वाचनमा विजय हासिल गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताइन्। उनले पछिल्लो समय देखिएको वैदेशिक हस्तक्षेप राष्ट्रिय स्वाधीनता माथि परेको संकटका विषयलाई मतदाता समक्ष स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको उल्लेख गरिन्।

बैठकमा पूर्व केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटीका अध्यक्ष हरिराज कडेल, प्रदेश कमिटी सदस्य मनुमाया श्रेष्ठ, नगर कमिटीका पूर्व अध्यक्ष वीरेन्द्र बहादुर अधिकारी लगायत वक्ताहरूले एमालेको जित सुनिश्चित गर्न सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्नेमाजोड दिएका थिए।

यसअघि एमालेले सबै स्थानीय तहमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्वाचन परिचालन कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ। शनिबार पार्टी कार्यालय दमौलीमा सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले जिल्ला सचिव तथा क्षेत्रीय संयोजक प्रदीपराज अधिकारीको संयोजकत्वमा हजार सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो।

त्यस्तै, भानु नगर कमिटीमा बिहीबार नगर कमिटीका अध्यक्ष शंकर रानाभाटको संयोजकत्वमा हजार सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भइसकेको छ। अन्य पालिकाहरूमा पनि एक साताभित्र निर्वाचन परिचालन कमिटी गठन सम्पन्न हुने जिल्ला कमिटीका सचिव तथा क्षेत्र नम्बर का संयोजक प्रदीपराज अधिकारीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।