चन्द्रौटामा ज्योति मगर लखेटिइन भन्ने भ्रामक समाचारले तपाईंहरूको हड्डी हाँसिरहेको बेला, त्यो कार्यक्रम जिबब भन्ने र्‍यापर भाइको रहेछ भन्ने सत्य थाहा पाउँदा तपाईंहरूको मनमा कति चोट पर्यो होलात्यो राम्रैसँग बुझ्न सक्छु।

भ्रामक समाचार फैलाउने, अनि त्यही समाचार सुनेर आत्मरतिमा रमाउने सम्पूर्ण दुश्मनहरूका लागि यो दुःखद घडीमा हार्दिक श्रद्धाञ्जलीव्यक्त गर्न चाहन्छु।

साथै, जानकारीका लागित्यही दिन मेरो कार्यक्रम दाङको घोराहीमा सभ्य भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।