डुम्रे । बन्दिपुर गाउँपालिका–४ फिल्महल टोलमा रहेको भगवान श्रेष्ठको घरमा मंगलबार बेलुकी आगलागी भएको छ।
आगलागी भएको खबर पाउनासाथ स्थानीय बासिन्दा, नेपाल प्रहरी डुम्रे चौकी, सशस्त्र प्रहरी मनकामना गण, नेपाली सेनाको भद्रललगणका सुरक्षा कर्मी, मुग्लिन–पोखरा सडक कार्यालय तथा व्यास नगरपालिकाको दमकल टोलीको संयुक्त प्रयासमा छोटो समयमैआगो नियन्त्रणमा लिन सफल भएको हो।
आगलागीबाट घरमा सामान्य क्षति पुगे पनि समयमै नियन्त्रण गरिएकाले ठूलो क्षति हुन पाएन।
यसैबीच घरधनी भगवान श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आगलागी नियन्त्रणमा सहयोग गर्ने सबै सुरक्षा निकाय, स्थानीयबासिन्दा तथा सम्बन्धित निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।



