तनहुँ । इन्जिनियर श्रीराम न्यौपानेले तनहुँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गरेका छन्।

आफ्नो राजनीतिक आकांक्षाबारे जानकारी गराउँदै न्यौपानेले आफू तनहुँमै जन्मिएको, हुर्किएको र स्थानीय भूगोल तथा जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति भएको बताए। उनले विगत दुई महिनाको अवधिमा निर्वाचन क्षेत्र नम्बर २ का सबै ४३ वटै वडामा पुगेर कृषक, महिला, ज्येष्ठ नागरिक, बालबालिका, दलित, जनजाति, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी तथा स्थानीय अगुवासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या र आवश्यकता पहिचान गरिएको जानकारी दिए।

स्थानीय स्तरमै देखिएका शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार तथा सुशासनका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको न्यौपानेको भनाइ छ। उनले जनताको चाहना र आवश्यकता अनुसार इमानदार र उत्तरदायी प्रतिनिधित्व गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।