तनहुँ जिल्लाको व्यास नगरपालिका१२ मा धारिलो हतियार प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मिति २०८२ पौष १६ गते अन्दाजी ००:४५ बजे व्यास नगरपालिका१२ बस्ने वर्ष २३ का सुमन भुजेललाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही स्थान बस्ने वर्ष ४३ का दिपक भन्ने देवबहादुर पाण्डे वर्ष ३० का रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा मिति २०८२ पौष १६ गतेदेखि लागू हुने गरी सम्मानित तनहुँ जिल्ला अदालतबाटमिति २०८२ पौष १७ गते म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका भुजेलको उपचार भइरहेको भने घटनाको कारण अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारीदिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।