तमु लोसार २०८२ को पावन अवसरमा तनहुँको दमौलीमा आयोजित तमु लोसार कार्यक्रममा शुभकामना आदान–प्रदानका लागि उपस्थित सम्पूर्ण महानुभावहरूलाई ग्रीन डेभलपमेन्ट बैंक दमौली शाखाद्वारा निःशुल्क पानी वितरण गरिएको छ।
कार्यक्रममा सहभागी महानुभावहरूलाई बैंकले निःशुल्क पानी उपलब्ध गराउँदा कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण टेवा पुगेको तमु ह्यायुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँका अध्यक्ष सुवेदार देव बहादुर गुरुङले बताउनुभयो। उहाँले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यको प्रशंसा गर्दै ग्रीन डेभलपमेन्ट बैंक दमौली शाखालाई धन्यवाद व्यक्त गर्नुभएको छ।



