कर्मचारी मिलन केन्द्र तनहुँको अधिवेशन तथा रमाइलो वनभोज कार्यक्रम आज पौष १२ गते व्यास नगरपालिका–१४ स्थित छाब्दी बाराही परिसरमा सम्पन्न भएको छ।
जिल्ला अदालत तनहुँका माननीय जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, मिलन केन्द्रका अध्यक्ष विजय कुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, स्रेस्तेदार नन्द प्रसाद आचार्य ज्यू, चारवटै सुरक्षा निकायका प्रमुख ज्यूहरू, मिलन केन्द्रका सल्लाहकार तथा प्रमुख कोष नियन्त्रक अशोक खनाल ज्यू, जिल्लास्थित कार्यालय प्रमुखहरू, मिलन केन्द्रका सदस्यहरू तथा विभिन्न कार्यालय तथा पालिकाबाट कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। चयन भएका पदाधिकारीहरू यस प्रकार रहेका छन्—
अध्यक्ष:
श्री मनोज रानाभाट, प्रमुख, डिभिजन वन कार्यालय तनहुँ
उपाध्यक्ष:
श्री अमर दवाडी, प्रमुख, प्रदेश जनस्वास्थ्य कार्यालय
सचिव:
श्री ज्योति आचार्य, प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय
सदस्यहरू:
-
श्री सुनिल पाण्डे, वरिष्ठ प्रशासकीय अधिकृत, भानु नगरपालिका
-
श्री रविनसन अधिकारी, प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय
-
श्री विकास लम्साल, प्रमुख, जिल्ला निर्वाचन कार्यालय
-
श्री गोपाल ओली, प्रमुख, यातायात व्यवस्था कार्यालय, तनहुँ
-
श्री अर्जुन पौडेल, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय
-
श्री अरुण पराजुली, वन अधिकृत, डिभिजन वन कार्यालय
सभाले निवर्तमान अध्यक्ष श्री विजय कुमार सिंह ज्यूलाई कर्मचारी मिलन केन्द्रको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कोषाध्यक्ष र सहसचिव पदमा कार्यसमितिले मनोनयन गर्ने निर्णय पनि सभाले गरेको छ।



