रतनहुँ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले पार्टीको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित हुनुहुने तनहुँकानेताहरूलाई बधाई तथा सम्मान ज्ञापन गरेको छ।
महाधिवेशनमार्फत केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनु भएका किरण गुरुङ, केदार सिग्देल, भगवती न्यौपाने र कृष्णकुमार श्रेष्ठ(किसान) लाई जिल्ला कमिटीको तर्फबाट हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
जिल्ला कमिटीले निर्वाचित नेताहरूले पार्टीको नीति, सिद्धान्त र जनताको अपेक्षा अनुसार जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै संगठनसुदृढीकरण तथा देश विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा पार्टीको केन्द्रीय नेतृत्वमा तनहुँका प्रतिनिधिहरुले राम्रो भुमिका खेल्ने र जिल्लामा पनि राजनीतिक प्रभाव र पहिचान थप सुदृढहुने समेत उल्लेख गरिएको थियो ।



