दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा विशेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको नीति, विधि र पद्धतिलाई आत्मसात गर्दै पार्टीभित्र सबैको समान अवसर र अस्तित्व कायम गराउन दृढ रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
खनालले पार्टीलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै कार्यकर्ताको भावना र योगदानको सम्मान हुने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
उनले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउँदै पार्टीको नीति, सिद्धान्त र आदर्शलाई व्यवहारमा कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसँग सहकार्य, संवाद र समन्वय गर्दै पार्टी संगठनलाई थप प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको खनालले बताएका छन्।


