तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट उत्तम मिश्रले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संगठनमा सक्रिय मिश्रले पार्टी संगठन निर्माण तथा विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आफूलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेका छन्।
मिश्रले वि.सं. २०५२ मा नेपाल विद्यार्थी संघ बाराही माध्यमिक विद्यालय, फराकचौरको अध्यक्षबाट आफ्नो विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनले सरस्वती क्याम्पस, ठमेलमा २०५७ सालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति पदका प्रत्यासीका रूपमा भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, उनी २०५९ सालमा नेपाल विद्यार्थी संघ तनहुँको जिल्ला सदस्य, २०६२ सालमा नेपाल विद्यार्थी संघ तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष तथा २०६८ देखि २०७२ सालसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको केन्द्रीय सदस्य एवं कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका थिए।
मिश्रले २०७९ सालमा नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए भने २०८० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेका थिए।
विभिन्न तहमा संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका मिश्रले यसपटक तनहुँ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गरेका हुन्। उनले क्षेत्रीय प्रतिनिधिहरूको समर्थन र मतका लागि आग्रह गरेका छन्।


