गोरखा । सिरानचोक गाउँपालिका–७, अर्कलमा फोरह्विल गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बिहीबार दिउँसो भएको दुर्घटनामा फोरह्विलको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकको पहिचान तथा दुर्घटनामा संलग्न सवारीसाधनको विस्तृत विवरण भने खुल्न बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्कालगायतका प्रक्रिया अघि बढाएको जनाइएको छ।
थप विवरण प्राप्त हुनासाथ अपडेट गरिनेछ।


