तनहुँ । नेपाल तरुण दल तनहुँका जिल्ला अध्यक्ष हिरा बहादुर थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
थापाले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन तथा युवाको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्।
उम्मेदवारीको तयारीसँगै उनले क्षेत्र नं. २ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेका छन्।
उनले क्षेत्रीय प्रतिनिधिहरूको विश्वास, साथ र सहयोगले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने विश्वास व्यक्त गर्दै सबै प्रतिनिधिहरूसँग मत मागेका छन्।
नेपाल तरुण दल तनहुँको नेतृत्व गर्दै आएका थापा कांग्रेसको संगठनमा युवा सहभागिता र सक्रियतालाई प्राथमिकताका साथ अघि बढाउँदै आएका छन्।


