दमौली, तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट युवा नेता सुशील तिमल्सेनाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन्।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका तिमल्सेना पब्लिक युथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य तथा इकाइ सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यसमेत हुन्।

युवा पुस्तामाझ परिचित तिमल्सेनाले महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई लिएर क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।

उनले क्षेत्रीय प्रतिनिधिहरूसँग भेट गर्दै आफ्नो उम्मेदवारी, पार्टी संगठनमा युवाको भूमिका तथा आगामी राजनीतिक यात्राका विषयमा छलफल गरिरहेका छन्।

तिमल्सेनाको उम्मेदवारीसँगै तनहुँ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।