पोखरा, असाे। भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला कमिटी कास्कीको आयोजनामा “नेपालमा भूमि समस्या: समाधानका प्रयास, उपलब्धि र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ।

संगठनको १५औँ स्थापना दिवसको अवसरमा पोखरा–९ स्थित पार्वती टोल समाज भवनमा आयोजित कार्यक्रम जिल्ला कमिटी अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपालमा विद्यमान भूमि समस्याका विविध पक्ष, समाधानका लागि भएका प्रयास, प्राप्त उपलब्धि तथा आगामी चुनौतीहरूबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संगठनका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठनका कास्की इन्चार्ज सेतीमाया गुरुङ, नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य, भूमि समस्या समाधान आयोगका पूर्व अध्यक्ष वैनबहादुर गुरुङ, संगठनका प्रदेश इन्चार्ज रामबहादुर थापा, संगठनका केन्द्रीय सचिव प्रेमबहादुर गुरुङ तथा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपसचिव लालबहादुर परियारलगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्ला अध्यक्ष टेकबहादुर पुनले स्वागत मन्तव्यसहित अध्यक्षता ग्रहण गरेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका सचिव कृष्ण परियारले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।