दमौली । व्यास नगरपालिका–१ करङकाठस्थित सामुदायिक टोल विकास संस्था र सामुदायिक आमा समूहले बाढीपीडितको राहततथा उद्धारका लागि ६३ हजार १५ रुपैयाँ सहयोग गरेका छन्।

संस्थाका अध्यक्ष सोमनाथ पौडेलले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो।सामुदायिक आमा समूहकी अध्यक्ष जौमाया रायमाझीले टोल विकास संस्था र आमा समूहको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको बताउनुभयो।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।