तनहुँ जिल्ला भलिबल संघ तनहुँको चौथो जिल्ला अधिवेशनले कल्याण विक्रम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँकार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

शुक्रबार दमौलीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राजकुमार अधिकारी शम्शेर लम्साल, महासचिवमा पवित्रा अधिकारी तथाकोषाध्यक्षमा अशोक राना निर्वाचित भएका छन्। सदस्यहरूमा शिवबहादुर राना, ज्ञानबहादुर गुरुङ, चिजकुमार वि.., रामनाथ भण्डारी, नवल गुरुङ पिताम्बर थापा चयन भएका छन्।

जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदमबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँकाअध्यक्ष अनिल पाण्डे प्रमुख अतिथि रहेका थिए। नेपाल भलिबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकी प्रदेशखेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा, कराँते महासंघ गण्डकी प्रदेश अध्यक्ष मनिराज गुरुङ, जिल्ला क्रिकेट संघ तनहुँकाअध्यक्ष मदन तिमल्सेना, बस्केट बल संघका अध्यक्ष भुवन गोसेली, कराँते महासंघ तनहु उपाध्यक्ष सिद्वान्त गर्जा मगर लगायतकोउपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न खेल संघका प्रतिनिधि तथा भलिबल खेलाडीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले तनहुँमा भलिबल खेलकोविकास, विस्तार तथा प्रतिभावान खेलाडी उत्पादनमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनाव्यक्त गरे। उनले खेल संघहरूले समयमै साधारणसभा तथा नवीकरण गर्नुपर्ने प्रत्येक वर्ष कम्तीमा एउटा खेलकुद प्रतियोगिताआयोजना गर्नुपर्ने नियम पालना गर्न आग्रह गरे।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले तनहुँमा भलिबल खेलको विकास खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएकोछ। निर्वाचन नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।