दमौली । क्षेत्रीय होटल संघ दमौली बजार इकाईको अध्यक्षमा बालकृष्ण आले पुनः निर्वाचित भएका छन्।
संघको १७औँ साधारणसभा तथा अधिवेशनबाट आले सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। अधिवेशनले आलेको नेतृत्वमा ११सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत गठन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देवी थापा, सचिवमा विजया गौतम, सहसचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा बिन्दु सेढाईँ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा सावित्री कैँडेल, सुन्तली दैरे, चनु थापा, माया दैरे, मीनबहादुर आले र दिलमाया मगर चयन भएका छन्। साधारणसभामा होटल व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा दमौलीको पर्यटन विकासका विषयमा छलफल गरिएको थियो।
पुनः अध्यक्षमा निर्वाचित आलेले होटल व्यवसायीका समस्या समाधान गर्दै व्यवसायलाई व्यवस्थित र थप प्रवर्द्धन गर्ने तथा व्यवसायीहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।


