तनहुँ व्यास नगरपालिका१० सेवरकी सुर्यमाया पौडेलले सरकारले प्रदान गर्दै आएको वृद्धाभत्ताबाट बचत गरेको रकममध्ये रु. हजार प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ।

बाढीपीडितको अवस्था सामाजिक सञ्जाल मार्फत देखेपछि आफूले सकेको सहयोग गर्न मन लागेर रकम प्रदान गरेको पौडेलले बताउनु भयो। पौडेलले आफूलाई प्रधानमन्त्री राहत कोषमा रकम पठाउने प्रक्रिया थाहा नभएकाले नातिलाई नगद रकम दिएर कोषमा जम्मा गर्न लगाएको जानकारी दिनुभयो।

आफ्नो आवश्यकता खर्चका लागि प्राप्त हुने वृद्धाभत्ताबाट बचत गरेको रकम विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गरेर पौडेलले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।