तनहुँ व्यास नगरपालिका१० डिहिकुनास्थित डिहिकुना टोल विकास संस्था, अनन्त व्यास आमा समूह सिस्नु गैरा खानेपानी समिति डिहिकुनाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६६ हजार ५१० रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

डिहिकुना टोल विकास संस्थाले २० हजार रुपैयाँ, अनन्त व्यास आमा समूहका आमादिदीबहिनीहरूको मिलेमतोमा २६ हजार ५१०रुपैयाँ सिस्नु गैरा खानेपानी समितिले २० हजार रुपैयाँ सहयोग गरेको हो।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद्मा परेका परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको अनन्त व्यास आमा समूहकी अध्यक्ष सीता पहारीले जानकारी दिनुभयो।

उहाँले विपद्को यस घडीमा पीडित परिवारको दुःखमा साथ दिन आफूहरूले सामूहिक रूपमा सहयोग गरेको बताउनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।