तनहुँ

व्यास नगरपालिका भादगाउँ निवासी समाजसेवी तथा युवा अभियन्ता रामभक्त रानाभाटले विदेशमा रहेर पनि मातृभूमिप्रतिको आफ्नो जिम्मेवारी मानवीय संवेदनालाई प्रस्तुत गरेका छन्।

भारतीय सेनाको सेवा पूरा गरी पेन्सनको समय नजिकिँदै गर्दा रोजगारीका सिलसिलामा बेलायत पुगेका रानाभाटले नेपालमा आएको विपत्तिको खबर सुन्नासाथ बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. लाख १११ सहयोग गरेका हुन्।

विदेशको व्यस्त जीवनका बीच पनि देशको दुःखलाई आफ्नै दुःख सम्झँदै गरिएको यो सहयोग रकमभन्दा माथि उठेर मातृभूमिप्रतिको माया, कर्तव्यबोध मानवीय संवेदनाको उदाहरण बनेको छ।

रानाभाटका अनन्य मित्र विद्यार्थी नेता राजेश कुमार श्रेष्ठले बेलायतमा रहेका नेपालीहरूबीच समेत सहयोग अभियान सञ्चालन गर्न प्रेरित गरेका थिए।

देशबाट टाढा रहे पनि देशको पीडाबाट टाढा हुन नसक्ने भावनाका साथ गरिएको यो सहयोगले विदेशमा रहेका नेपालीहरूको मातृभूमि प्रतिको सम्बन्ध जिम्मेवारीलाई समेत उजागर गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।