दमौली होटल व्यवसायी संघ तनहुँले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेकोछ।

संघले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३८ हजार सय १० रुपैयाँ सहयोग गरेको छ। साथै, बाढीपहिरोमा बेपत्ता तथामृत्यु भएकाहरूका आफन्त शव खोज्न वा बुझ्न तनहुँ आउने क्रममा निःशुल्क खाना बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ।

 

संघका निवर्तमान अध्यक्ष दुर्गाविलास भट्टराईका अनुसार कोत्रेदेखि मुग्लिनसम्म सञ्चालनमा रहेका होटलहरूले पीडितको संख्या आवश्यकताका आधारमा निःशुल्क गास बासको व्यवस्था गर्नेछन्।

विपद्को समयमा पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले संघले यस्तो निर्णय गरेको जनाएको छ।

यसैबीच, संघले ग्यासको अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या परेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणगराएको छ। विपद्का बेला व्यवसायसँगै सेवामूलक कामसमेत गरिरहेकाले होटल सञ्चालनका लागि आवश्यक ग्यासको आपूर्ति सहजबनाउन प्रशासनसँग आग्रह गरिएको भट्टराईले बताउनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।