दमौली, तनहुँ।
तनहुँको व्यास नगरपालिका–३ निवासी बखत नारायण श्रेष्ठ ९९ वर्षको उमेरमा पनि उत्साह र जोशका साथ नेवारी बाजा बजाउँदै आफ्नो मौलिक संस्कृति संरक्षणमा सक्रिय रहनुभएको छ।

उहाँले दशकौँदेखि सिकेका नेवारी बाजा, परम्परा, संस्कार तथा रीतिरिवाजलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। विशेषगरी युवा पुस्तालाई नेवारी बाजा बजाउने सीप सिकाउने र सांस्कृतिक परम्पराको महत्व बुझाउने कार्यमा उहाँ समर्पित हुनुहुन्छ।

उमेरले शताब्दी नजिक पुगे पनि उहाँको सक्रियता, लगन र संस्कृतिप्रतिको समर्पण समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा बखत नारायण श्रेष्ठको योगदानलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।