मध्यनेपाल नगरपालिकाले सञ्चालन गर्दै आएको रैथाने हाट बजार कार्यक्रममा आबद्ध ८७ जना कृषकलाई उत्पादनमा प्रतिकिलो रु. ३ का दरले अनुदान तथा ढुवानी खर्चमा ५० प्रतिशत सहयोग रकम वितरण गरेको छ।

नगर प्रमुख रमेश पाण्डे स्वयं हाट बजारमा पुगेर सहयोग रकम वितरण गर्नुभएको हो। उहाँले स्थानीय कृषकलाई आफ्नो उत्पादन रैथाने हाट बजारमार्फत बिक्रीका लागि ल्याउन आग्रह गर्दै यस कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरण, कृषकको आम्दानी वृद्धि तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख पाण्डेले आगामी असोज १ गतेदेखि भोर्लेटारमा पनि रैथाने हाट बजार सञ्चालन गरिने जानकारी दिँदै त्यस क्षेत्रका कृषकलाई समेत सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।