तनहुँ–२ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपाने ले तनहुँका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग परिचयात्मक एवं आर्थिक वर्ष २०८२/८३ को समीक्षात्मक बैठकमा सहभागिता जनाउँदै आगामी आर्थिक वर्ष २०८३/८४ का प्राथमिकताबारे छलफल गर्नुभएको छ।

बैठकमा आगामी आर्थिक वर्षमा कम्तीमा ९० प्रतिशत गुणस्तरीय पुँजीगत खर्च हासिल गर्ने, विकास आयोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र नागरिकमैत्री बनाउने विषयमा आवश्यक सुझाव प्रस्तुत गर्नुभएको थियो।

सांसद न्यौपानेले तनहुँको समग्र विकास र समृद्धिका लागि सबै सरकारी निकायबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आफू निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।