ुतनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडक खण्डमा भएको बस दुर्घटनामा घाइते भएका १७ जनाको रत्नहरि अस्पताल, तनहुँमा उपचार भइरहेको छ।
घाइतेमध्ये बस चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियारको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

अन्य १६ जना घाइतेको अवस्था सामान्य रहेको छ। उनीहरूमा निधार, हात, खुट्टा, घुँडा, अनुहार, गाला, नाक तथा मुखमा सामान्य चोट लागेको छ।
घाइतेहरू:
श्रीमाया परियार (६०), व्यास–४
शान्ता गौतम (३५), मध्यनेपाल–१, लमजुङ
निरा गौतम (३२), मध्यनेपाल–४, लमजुङ
सुस्मिता साही (२९), लमजुङ
चन्द्रमाया गुरुङ (६०), व्यास–११, थुम्की
अनिता गुरुङ (४७), व्यास–२
बिन्दु गुरुङ (४९), व्यास–२
स्वस्तिकला खनाल (५०), रुपा–१, कास्की
सुजिता पौडेल (२७), व्यास–६
सान्भि गिरि (८), व्यास–१
दिपा खान (४०), व्यास–१
सिता नेपाली (५१), व्यास–१
हिरा मल्ल (३५), व्यास–१
नुनिमाया थापा (४४), व्यास–१
लक्ष्मी शाही (४५), व्यास–१
श्रीमान बुढा (३०), मध्यनेपाल–९, लमजुङ
दुर्घटनापछि सडक खुला रहेको छ भने दुर्घटनाग्रस्त बस हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।


