मध्यनेपाल नगरपालिका खोप समन्वय समिति, मध्यनेपालद्वारा आयोजित “पूर्ण खोप पालिका घोषणा दिगोपना सुनिश्चितता कार्यक्रम” आज भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रम मध्यनेपाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाको अध्यक्षतामा सम्पन्न भएको हो भने नगर उपप्रमुख सीता गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी, मध्यनेपाल नगरपालिका स्वास्थ्य प्रमुखको विशेष आतिथ्यसहित अन्य अतिथिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता, यसको दिगोपना तथा बालबालिकाको स्वास्थ्य सुरक्षामा स्थानीय तहको भूमिकाबारे विशेष जोड दिइएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।